२ असार,

बाँके। बाँकेको नेपालगञ्ज स्थित रहेको भेरी अस्पतालमा बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा सुरु भएको छ ।

भेरी अस्पतालमा ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन डा.श्याम चौधरीको पदस्थापन भएसँगै भेरीमा बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा सुरु भएको हो ।

बासगढी नगरपालिका ६ बर्दियाका १४ वषीया बालिका र सानीभेरी गाउँपालिका १ रुकुम पश्चिमका २८ वर्षीया युवतिको शुक्रबार एकै पटक सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

१४ वर्षीया बालिकाको विगत ६ महिनादेखि चिउडो सुन्निएको र तलका ४ वटा दाँत हल्लिएको अवस्थामा भेरीको ओपीडीमा उपचारका लागि आउनुभएको थियो । त्यस्तैं रुकुम पश्चिमका २८ वर्षीया युवति घरको सिडिबाट चिप्लिएर मुखमा चोट लाग्दा हड्डी भाँचिएर मुख खोल्न र खाना चपाउन समेत नसक्ने अवस्था लिएर अस्पताल आउनु भएको थियो ।

उहाँहरु दुवैजनाको हिजो सफलतापूर्वक शल्यक्रिया भएको अस्पतालका ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन डा.चौधरीले जानकारी दिनुभयो । डा.चौधरीको नेतृत्वमा भएको सर्जरीमा डा.निर्माण शाह, डा.प्रविन थापा, डा.नीशा पउन्जुसँगै एनेस्थेसियोलोजिष्ट डा.कृष्ण आचार्य, डा.पारश पाण्डे लगायत नर्सिङ स्टाफहरुको सहभागिता थियो।

यसअघि यो सेवा भेरीमा उपलब्ध नहुँदा बिरामीहरु निजि अस्पतालमा महंगो शुल्क तिरेर सेवा लिन बाध्य थिए ।

प्रतिक्रिया

सम्बन्धित ख