१० बैशाख,

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखीकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।

मन्त्रालयअन्तर्गत प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले जारी गरेको पत्रअनुसार अब कार्यालयहरूमा कर्मचारीहरूको दैनिक उपस्थितिको विवरण विद्युतीय प्रणालीमार्फत अनिवार्य रूपमा राख्नुपर्नेछ। यदि कतिपय कार्यालयमा उक्त प्रणाली कार्यान्वयन नभइसकेको अवस्था भएमा तत्काल लागू गरी कर्मचारीको आउने–जाने विवरण डिजिटल माध्यमबाट अभिलेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

साथै, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर सुरक्षित रूपमा कार्यालयमा राख्नुपर्ने पनि निर्देशनमा उल्लेख छ। मन्त्रालयको निर्णयअनुसार यो व्यवस्था कार्यान्वयन गरी पारदर्शिता र प्रशासनिक सुधारलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको जनाइएको छ।

मन्त्रालयले सम्बन्धित सबै निकायलाई उक्त प्रणाली कार्यान्वयनमा ढिलाइ नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख