२९ जेठ,

बाँके। तराईका जिल्लामा अहिले ४० डिग्री सेन्टिग्रेडको हाराहारीमा तापक्रम छ । बढ्दो गर्मीले जनजीवन नै निकै प्रभावित बनाएको छ । अझ बालबालिका तथा नवजात शिशुलाई त गर्मीले झनै असर पारिरहेको छ । बढ्दो गर्मीले तराईका जिल्लामा धमाधम विद्यालयहरुमा बिदा दिइरहेको अवस्था छ । बालबालिकाहरु एकै ठाँउमा राख्दा गर्मीले झनै समस्या पार्ने, संक्रमण फैलिने डर त छँदैछ, अर्कोतिर कतिपय विद्यालयका भौतिक संरचनासमेत विद्यार्थीमैत्री नहुँदा झन् ठूलो स्वास्थ्य समस्या ल्याउन सक्ने खतरा छ ।

गर्न हुने
– धेरै पानी पिउने
– चिसो पानीले नुहाउने
– कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने
– फलफूल, काक्रा लगायत घरमा बनाएको ताजा खाना खाने
– बाहिर निस्कनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने हल्का खालको कपडा वा सुतीको कपडा लगाउने
– खेतबारीमा कामकाज बिहान वा बेलुका गर्ने

गर्न नहुने
– क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
– दिउँसो सकभर घर बाहिर ननिस्कने
– भान्सामा धेरै समय नबस्ने
– मदिरा सेवन नगर्ने
ह्रदयको गति तिव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, हनहनी ज्वरो आउने जस्ता समस्या देखिए विरामीलाई तुरुन्तै अस्पताल लैजाऔं । बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीको विशेष ख्याल गरौं ।

 

प्रतिक्रिया

सम्बन्धित ख