
बाँके जिल्लाको डुडुवा गाँउपालिका २ झोर सामुदायिक वनबाट फागुन ८ गते सालको काठ काट्दै गरेका दुईजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाबञ्जरले करीब ४लाख ५ हजार रुपैयाँ बराबरकोे १० वटा सालको गोलिया काठसहित सोही गाँउपालिका ३ हलबलडोली बस्ने४५ बर्षिय वकिल खाँ र ४० बर्षिय जालीम खाँलाई नियन्त्रणमा लिएको छ दुवै जनालाई बरामद काठसहितआवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बाँकेमा बुझायको छ ।








