८ फागुन,

सुरज राजवंशी / बाँके । ७३ औं प्रजातन्त्र दिवसको अवसरमा नेविसंघ बाँकेले बागेश्वरी बहुमुखी क्याम्पसमा राष्ट्रिय झण्डा राखेको छ।

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमिति को सर्कुलर अनुसार प्रजातन्त्र दिवसको अवसरमा रास्ट्रीय झण्डा राखिएको हो ।

प्रमुख अतिथी नेपाल विद्यार्थी संघ बाँकेका पुर्व जिल्ला अध्यक्ष एवं बागेश्वरी बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति प्रकाश सिग्देलले प्रजातन्त्रको इतिहासिक महत्वको विषय देखि लियर आफ्नो कार्यकालमा भयका कामहरु क्रमशः साइकल स्टेन, सरस्वती भगवान को मन्दीर, कार्यक्रम को लागि मंच र प्रतीक्षालय, लाइब्रेरी व्यवस्थापन जस्ता इतिहासिक काम गरेको बतायका थिय।

त्यस्तै नेविसंघ बाकेका जिल्ला अध्यक्ष उपेन्द्र विष्टले वीर सहिदहरु प्रजातान्त्रिक सेनानीहरुलाई स्मरण गर्दै नेविसंघ लाई नया ढंग बाट संचालन गर्ने प्रतिबद्धता गर्नु भयो भने नेविसंघ बाँकेका जुझारु नेता देवनारायण काफ्लेले नेविसंघ विवाद भ्रम हो सबै नेविसंघ का साथीहरू लाई स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा जुटन आग्रह गरेका थिय।

यसैगरी नेविसंघ बाँके जिल्लाका सदस्य मनोज वलीले नेविसंघ विद्यार्थीका हक हितका लागि काम गर्दै आइरहेको र आगामी दिनमा पनि सदैव तत्पर रहने बताए ।

उक्त कार्यक्रममा बाँके जिल्ला पुर्व अध्यक्ष एवं बागेश्वरी बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति प्रकाश सिग्देल, नेविसंघ बाँकेका जिल्ला अध्यक्ष उपेन्द्र विष्ट जिल्ला सदस्य मनोज वलि, जिल्ला सदस्य करण थारु, नेविसंघ नेता राजन पोख्रेल, नवराज विकको आतिथ्यतामा र दर्जनौ विद्यार्थीको सहभागितामा कार्यक्रम सम्पन्न भयो। भने सो कार्यक्रमको उद्घघोषण युवराज विष्टले गरेका थिय।

 

 

प्रतिक्रिया

सम्बन्धित ख