
यातायात मजदुरहरूले भोलि (मंगलबार) देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । उनीहरूले मंगलबार काठमाडौं उपत्यका बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।
मजदुरमाथि कुटपीट र ५ पटक चिट काटेपछि ६ महिना सवारी चलाउन नपाउने ट्राफिक नियमको विरोधमासोमबार राजधानीको गोँगबु क्षेत्रमा प्रदर्शनमा उत्रिएका उनीहरूले अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन्।
मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीसमेत आन्दोलित भएका छन् । काठमाडौंको नयाँ बसपार्कसञ्चालनको ठेक्का लिएको ल्होत्से कम्पनीका प्रबन्धक सुनिल कुँवरलगायतले मजदुरमाथि हातपात गरेकालेविरोधमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ । उनीहरूले ट्राफिक नियमको पनिविरोध जनाएका छन् ।
अहिले यातायात मजदुरहरूले गोंगबु , चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । यात्रुसहितकासार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ । प्रहरी वृत्त बालाजुका अनुसार अवरुद्ध सडक खुलाउने क्रममाआन्दोलनकारी र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको थियो ।









