
३ माघ,
बुटवल : लुम्बिनी प्रदेशमासभामुख र उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख र उपसभामुख चयनका लागि मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
सभामुखमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तुलाराम घर्तीको मात्रै उम्मेदवारी परेको छ। उपसभामुखमा तीन जनाको उम्मेदवारी परेको छ। उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी, कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिबाट निर्मलादेवि थारु चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ।
भागबन्डा अनुसार लुम्बिनीमा माओवादी केन्द्रले सभामुख पाएको छ भने उपभामुख राप्रपाको भागमा परेको छ। ८७ सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ। लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जनमतका तीन, जसपाका तीन सांसद छन्।
त्यस्तै दुईजना स्वतन्त्र सांसदले पनि सत्ता गठबन्धनलाई नै समर्थन गरेका छन्। सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले भने उपसभामुखमा आफ्नै उम्मेदवार दर्ता गराएको छ।





