
७ मंसिर,
बर्दिया । बर्दिया क्षेत्र नम्बर १(१) को प्रदेशसभामा वाम लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार भुवनेश्वर चौधरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शालिकराम अधिकारी पराजित भएका छन् ।
चौधरीले १७ हजार २६ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अधिकारीले १६ हजार ९ सय ७ मत पाएका छन् । नागरिक उन्मुक्ती पार्टीका खेमबहादुर थारुले ११ हजार ९ सय १ मत पाएका छन् ।
निर्वाचित चौधरी ०७४ मा कांग्रेसबाट समानुपातिक प्रदेश सदस्यमा निर्वाचित भएका थिए । यसअघि उनी साविक मैनापोखर गाविसका अध्यक्ष थिए ।
क्षेत्र नम्बर १ को प्रतिनिधिसभा र प्रदेश सभाको तीनवटै निर्वाचनको घोषणा एकै पटक गरिने मुख्य निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदीले बताए ।








