१२ साउन,

चीनको वुहान सहरमा कोरोना संक्रमणको नयाँ लहर फैलिन थालेपछि फेरि लकडाउन घोषणा गरिएको छ ।

वुहानको जियांग्सिया क्षेत्रमा कोरोनाका ४ संक्रमित भेटिएका छन । उनीहरुमध्ये कसैमा पनि कोरोनाको लक्षण नदेखिएको अधिकारीहरुको भनाइ छ।

झण्डै १० लाख जनसंख्या रहेको जियांग्सियाका बासिन्दालाई ३ दिनसम्म घरभित्रै रहन आग्रह गरिएको छ । चीनले कोरोना भाइरस नियन्त्रणका लागि ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ ।

एक करोड २० लाख जनसंख्या रहेको वुहानमा निरन्तर कोरोना परीक्षण गरिराखिएको छ । सन् २०२० को सुरुवातमा कोरोना संक्रमण वुहानमा फैलिएपछि कडा लकडाउन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख