
११ साउन,
बाँके । पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको हो ।
दुई हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र एक हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो ।
उक्त समय भित्रमा २०२ जना संक्रमणमुक्त पनि भएका छन । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको छ ।






