१४ असार,

बाँके । अमेरिकाको टेक्सास राज्यको बाहिरी इलाकामा लरी भनिने एउटा ठूलो ट्रकमा कम्तीमा ४६ जना शव भेटिएको छ ।

टेक्सासको सान एन्टोनियो नजिक आप्रवासीहरु बोकेको ट्रकमा ठूलो संख्यामा शव भेटिएको बीबीसीले जननाएको छ । ट्रकमा गम्भीर बिरामी अवस्थामा भेटिएका १६ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।

मेक्सिकोको सीमासँग जोडिएको क्षेत्रमा १८ पांग्रे ट्रकमा ठूलो संख्यामा आप्रवासीहरुले यात्रा गरिरहेको र जसमा कयौँको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन ।

मृत्यु हुने आप्रवासीहरुको परिचय खुलेको छैन । प्रहरीले ट्रक चालक फरार रहेको जनाएको छ ।
टेक्सासका गभर्नर ग्रेग एबोटले अमेरिकी राष्ट्रपति जो बाइडेनको घातक खुला सीमा नीतिका कारण यस्तो घटना भएको आरोप लगाएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख