
बाँके,
ईलाका प्रहरि कार्यालय कोहलपुर बाके ले सुन जस्तै देखिने बस्तु सहित ७ जना लाई पक्राउ गरेको छ ।
ईप्रका कोहलपुरले विशेष सुचनाको आधारमा सुन जस्तो देखिने वस्तु सहित पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार केही मात्रमा सुन देखाउने र अन्य नक्कल सुन जस्तो देखिने बस्तु मिसावट गरि नक्कली सुन खरिदको बिल बनाउदै ठगी गर्ने गिरोह रहेको बताइएको छ ।
यस बिषयमा इप्रका कोहलपुरले ठूलो मेहनत पछि सफल्ता हात पारेको स्रोतले बताएको छ । यस समाचार तयार पार्दा सम्म सबैको नाम र उक्त घटनाको बारेमा प्रहरीले आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।
पछिल्लो समयमा तस्कर लागू औषध कारोबारिहरु लाई पत्तासाफ पार्ने योजना तथा मिसनको साथ डिएसपि मल्ल लागि परेको देखिन्छ ।
उनिले कोहलपुरको कमान्ड सम्हाले यता तस्कर तथा ठगहरुको भागाभाग नै रहेको एक प्रहरी उच्च अधिकारले नै बाके अपडेट लाई बताउछन ।
थप बिवरण आउन बाकी ।





