१ असार,

भारतको दिल्लीमा म:म:को डल्लो घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ।

म:म:को डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ।
मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मोमो खाइरहेका थिए। खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए।

पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा ममको डल्लो अड्किएको फेला परेको थियो। डाक्टरहरूले पनि ममको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकालेका थिए।

म:म: अड्किँदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन ।

प्रतिक्रिया

सम्बन्धित ख