
३ जेठ,
बाँके । कोहलपुर नगरपालिका वडा नम्बर १४ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडा नम्बर १४ को वडा अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका नम बहादुर आले वडा अध्यक्षमा विजयी भएका छन । सो वडामा आले सहित पुरै प्यानल विजयी भएको हो ।
हाल सम्म मत गणना भएको कोहलपुर नगरपालिका वडा नम्बर २,१५, १४ मा कांग्रेसको प्यानल नै जित्दै आएको छ । भने १ नम्बर वडा मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।





