३ जेठ,

बर्दिया । बारबर्दिया नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।

बारबर्दियालाई नेकपा माओवादीको गढ इलाका मानिन्छ। प्रमुखमा विजयी बनेका छविलाल थारूले १३ हजार ६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम ढकालले १० हजार ३१५ पम प्राप्त गरेका बर्दिया निर्वाचन अधिकृत कृष्ण प्रसाद चापागाइँले बताए।

त्यस्तै उपप्रमुखमा पनि नेपाली कांग्रेसबाटै रत्नकुमारी पाण्डे विजयी भइन्। उनले १२ हजार ४११ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी नारायणी चौधरीले १० हजार ८५५ मत प्राप्त गरिन्।

प्रमुखका दाबेदार रहेका नेकपा माओवादीका दशरथ अगलपथ थारूले ९ हजार १०९ मत प्राप्त गरे। माओवादीकी उप्रमुख उम्मेदवार शोभा थारूले ९ हजार २९ मत प्राप्त गरेकी निर्वाचन अधिकृत चापागाइँले जानकारी दिए।

२०७४ सालको स्थानीय निर्वाचनमा बारबर्दियामा प्रमुखमा माओवादी केन्द्रका दुर्गा बहादुर थारू विजयी भएका थिए।

 

 

प्रतिक्रिया

सम्बन्धित ख