२२ बैशाख,

सुरज चौधरी / बाँके। कोहलपुर नगरपालिका १८४.२६ क्षेत्रफलमा फैलिएको जिल्ला कै परिचित नगरपालिका हो ।

कोहलपुर नगरपालिकामा कुल जनसंख्या मध्य पहाडी, मधेशी दलित, पहाडी जनजाती, मधेशी जनजाति तथा आदिबासी, पहाडी ब्र्रम्ह्ण, मधेशी ब्रम्ह्ण, मुस्लिम, मधेशी इत्यदी लगायतका समुदायका मानिसहरु बसोबास गर्दछन । यी सम्पुर्ण समुदायका मानिसहरु केही न केही पेशामा संलग्न छन ।

उनीहरु वर्षभरि नै आआफ्नो काममा व्यस्ता हुने गरेका छन । तर स्थानिय तह निर्वाचन सुरु भएसंगै अहिले सबै नगर, गाउँ, टोलका मानिसहरु बीच चुनावी चहल पहल बढेको छ । चिया पिउँदा होस या खेतबारीमै काम गर्दा चुनावी चर्चा व्यपाक हुन थालेको छ । देशभरीका ५ महानगर, ११ उपमहानगर सहित ७५३ स्थानिय तहमा एक साथ निर्वाचन हुन लागेकाले चुनावले महान चाडपर्व जस्तै गाउँ, नगर निर्वाचनमय बनेको छ ।

नगर, गाउँ, टोलको बिकासमा कटिबद्ध हुने उम्मेदवारलाई मतदान दिने स्थायिनहरु एकजुट भएका छन । नेपाली कांग्रेस, नेकमा एमाले, नेकमा माओवादी, राप्रपा, स्वातन्त्र उम्मेदवारका उम्मेदवारहरु चुनवी मैदानमा छन ।

मुख्य प्रतिस्पर्धा तीन राजनीतिक दलका उम्मेदवार बीच नै रहेको छ । मतदातालाई आआफ्नो पक्षमा पार्नका लागि उम्मेदवारले घरदैलो अभियानलाई तीव्र परेका छन । मतदातालाई रिझाउने प्रयास भएको छ ।

स्थानिय जनताको आवश्यकताको आधारमा राजनितीक दलहरुले घोषण पत्र तयार परि सार्वजनकि गरिसकेका छन । सोही आधारमा आफ्नो एजेन्डा बनाई उम्मेदवारहरु कार्यकर्ता लिएर घर घरमा पुगेका छन ।

उम्मेदवारहरु यसपाली सामाजिक सञ्जाललाई व्यपाक प्रयोग गरेको पाइएको छ । नगर गाउँबस्तीमा गीत संगीतका साथ माइकिंग गर्दै चुनवी प्रचारमा लागेका छन।
उम्मेदवारहरु मतदाता भेटन खेतबारी देखी लिएर जमघट भएका ठाउँहरुमा सम्म धाइरहेका छन ।

कांग्रेसबाट कोहलपुर नगरपालिका मेयर पदका उम्मेदवार पुर्ण अर्चाय चुनवी अभियान बोकेर मतदाताको घर घर पुगेका छन । कोहलपुर नगर भित्रका प्रत्येक वडामा आधुनिक प्रविधि मैत्री आवासिय नमुना सामुदायिक विद्यालयमा प्राविधिक विषयको पठन पठन गर्न शिक्षक दरबन्दीको व्यव्स्था गरिदिने उनको प्रतिबद्ध छ ।
यस्तै शिक्षा, स्वास्थ्य, सुन्दर नगर, पर्यटन क्षेत्रको विकासको प्रतिबद्ध रहेको छ ।

यसैगरी माओवादी र एसको गठबन्धनद्वारा संयुक्त प्रतिबद्धपत्रका साथ गठबन्धानबाट नरेन्द« न्यौपाने चुनावी अभियान बोकेर मतदाताको घर घर पुगेका छन । संयुक्त प्रतिबद्धपत्रमा आफुहरुले जिते बिद्युत देखी खानेपानी सम्म निशुल्क दिने महत्वकंक्षी योजना अगाडी सारेका छन ।

निष्पक्ष, प्रतिस्पर्धी, जनमुखी एवम पारदर्शी प्रशासनिक सेवा र घुसखोरी, कालाबजारी, भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरी जनमैत्री स्थानिय शासन कायम गर्ने घोषणापत्रमा उल्लेख छ ।

एमालेबाट मेयरका उम्मेदवार खीर प्रसाद भुसाल पनि चुनावी दौडमा छन । उनी पनि घरदैलो अभियानलाई तिव्र पारेका छन । मेयरका उम्मेदवार भुषाल वडालाई बालमैत्री, अपंगमैत्री, महिलामैत्री वडा बनाउका साथै शिक्षमा बैज्ञानिक शिक्षा पद्धती र स्वच्छ खानेपानी घरघरमा पु¥याउने प्रतिबद्ध गदै आएका छन ।

कोहलपुर नगरपालिकाको उपप्रमुखका उम्मेदवारहरु पनि संगसंगै घरदैलो अभियान तिब्र बनाएका छन । नगर उपप्रमुखमा एमालेबाट अस्मिता थारु, माओवादी र एसको गठबन्धनको तर्फबाट उपप्रमुखमा नारायणी ओली र कांग्रेसबाट उपप्रमुखमा संगीता सुवदी चुनावी दौडमा छन ।

कोहलपुर मेयर पदका उम्मेदवार

१.खील प्रसाद भुसाल (एमाले)
२. पुर्ण पसाद आचार्य (कांग्रेस)
३. नरेन्द« न्यौपाने (माओवादी)
४. बुधबहादुर सुनार (जनता समाजवादी पार्टी, नेपाल
५. प्रदिप कुमार शाह (राष्ट्रिय प्रजातन्त्र पार्टी)
६. भिम प्रसाद देवकोटा (राष्ट्रिय जनामोर्चा)
७. खडग राज थापा (नेपाल मजदुर किसान पार्टी)
८. पुर्णकलि थापा (राष्ट्रिय जनमुक्ति पार्टी)
९. भोला नाथ शर्मा तकमेल (नेपाली कांग्रेस बी.पी)
१०. विष्णु कुमार तमोली (जनमत पार्टी)
११. लक्ष्मी कुमारी हमाल (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल)
१२. देवानन्द अर्याल (स्वतन्त्र)

 

प्रतिक्रिया

सम्बन्धित ख