१७ वैशाख,

बाँके । कोहलपुर नगरपालिका मेयर पदका स्वतन्त्र उम्मेद्वार देवानन्द अर्यालले चुनाव चिन्ह “लौरो” पाएका छन ।

शनिबार निर्वाचन आयोगले चुनाव चिन्ह वितरण गरे संगै मेयर पदका स्वतन्त्र उम्मेद्वार अर्यालले “लौरो” चुनाव चिन्ह पाएका हुन ।

मेयर पदका उम्मेदवार अर्यालले सार्वजनिक गरेको चुनावी प्रचार सामग्रीमा ‘बुवा आमालाई टेकाउने, भ्रष्टाचारीलाइ सेकाउने’ लेखिएको छ । त्यसमा चुनाव चिन्ह “लौरो” पनि देखाइएको छ ।

अर्याल शु शासन, विकास र इमान्दारिताको नारा लिएर चुनावी प्रचारप्रसार अभियानमा लागेका छन ।

“लौरो” चुनाव चिन्ह पाएका काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जति चर्चा छ, बाँकेको कोहलपुर नगरपालिकामा देवानन्द अर्याल उस्तै चर्चामा छन् ।

प्रतिक्रिया

सम्बन्धित ख