
१६ बैशाख,
बाँके । कोहलपुर नेपाली कांग्रेसका सक्रिय नेता बलराम शर्माले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन ।
शर्माले स्थानिय तह निर्वाचन २०७९ बैशाख ३० गते हुनगैरहेको केहलपुर नगरपालिका प्रमुख पदमा दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका हुन ।
बैशाख १२ गते कोहलपुर नगरपालिका मेयरको लागि युवा नेता पुर्णप्रसाद आचार्य र उपमेयरमा संगीता पौडेल सुवेदीलाई उम्मेदवार बनाउेन निर्णय भएसंगै उक्त निर्णय प्रति असन्तुष्ट जनाउदै शार्माले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
साथै सोही दिन बाट कांग्रेस कोहलपुर नगर पार्टी कार्यालयमा तालाबन्दी समेत गरिएको थियो ।
सो दिनबाट बन्द भएको पार्टी कार्यालय सबैको सहमतिमा शुक्रबार खुलेको र शर्माले उम्मेदवारी फिर्ता लिएका छन ।
उम्मेदवारी फिर्ता लिएसंगै उनले आफु र आम जनता एवम कार्यकर्ताहरुमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउनका लागि अपिल गरे ।





