
१४ बैशाख,
बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ऋषिराज देवकोटालाई स्थानिय तह निर्वाचन २०७९ नेपालगन्ज उपमहानगरपालिकाको कमाण्डरको जिम्मेवारी दिएको छ । देवकोटा राप्रपाको सहायक महामन्त्री समेत हुन ।
यस्तै कोहलपुर नगरपालिकामा अर्जुन जंग शाहलाई निर्वाचन कमाण्डरको जिम्मेवारी दिइएको छ । शाह राप्रपा कोहलपुरको नगर अध्यक्ष पनि हुन ।
पार्टीले जिल्लका निर्वाचन परिचालन गर्ने जिम्मा जिल्ला अध्यक्ष नरेन्द्र पौडेललाई दिएको छ ।
यसैगरी क्षेत्र नं १ मा यामबहादुर रावत र क्षेत्र नंं.३ को विक्रम श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।





