१३ बैशाख,

बाँके । स्थानिय तह निर्वाचन २०७९ का लागि गरिएको उम्मेद्वारी मनोनयन दर्ताको विवरण सार्वजनिक गरिएको छ ।

जसअनुसार लुम्बिनी प्रदेशमा २१ हजार ७ सय ५९ उम्मेद्वारी मनोनयन दर्ता परेको छ ।

आइतबार र सोमबार गरिएको मनोनयन दर्तामा निर्वाचनका उम्मेदवारहरुले दर्ता गराएका हुन ।

निर्वाचन कार्यालयका अनुसार, मेयर पदमा ४०१ जना, उपमेयरमा २८३ जना, अध्यक्षमा ५३५ जना र उपाध्यक्षमा ४०७ जनाको उम्मेद्वारी परेको छ ।

यस्तै वडा अध्यक्षमा ४९८५ जना, खुला सदस्यमा ७८६० जना, दलित महिला सदस्यमा ३५११ जना, महलिा सदस्यमा ३७७७ जनाले उम्मेदवारी दर्ता गराएका हुन।

यही बैशाख ३० गते निर्वाचन हुदैछ । आज उम्मेदवारी विरोधमा उजुरी दिने कार्यतालिका छ । बैशाख १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, बैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामवली प्रकाशन तथा बैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया

सम्बन्धित ख