१३ बैशाख,

बाँके । कांग्रेसबाट राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष पदमा टिकट पाएकी संगिता चौधरीले उम्मेद्वारी फिर्ता लिएकी छिन ।

असन्तुष्ट व्यक्त गर्दै कांग्रेसको जित्ने आधार नभएको भन्दै उनले विज्ञप्ती जारी गर्दै उम्मेद्वारी फिर्ता लिएको जनाएकी छिन ।

विज्ञप्तीमा भनिएको छ ‘‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति संसदीय दलले उम्मेद्वारी छनौट गरेकाले जिल्ला बाँके र क्षेत्र नं.१ क्षेत्रिय कार्यसमिति मनोमानी तरिकाले राप्ती सोनारी गाउँपालिका ९ वटै वडामा टिकट वितरण गरेकाले नेपाली कांग्रेसमा असन्तुष्टि छ । उक्त असन्तुष्टिले नेपाली कांग्रेसको जित्ने आधार नहुदा र टिकट वितरण मनोमानीले नेपाली कांग्रेसका विभिन्न व्यक्तिले पार्टी परित्याग गरी राप्रपाबाट उम्मेदवारी दर्ता गराउनुका साथै धेरै व्यक्ति बागि उम्मेदवारी दर्ता गराएकाले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।’’

 

प्रतिक्रिया

सम्बन्धित ख