१२ बैशाख,

बाँके । नेपाली कांग्रेस कोहलपुर नगर समितिको कार्यालयमा कांग्रेसका नेता कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।

उम्मेदवार छनोटमा असहमती राख्दै उनीहरुले नगर पार्टी कार्यालय तालाबन्दी गरेका हुन् ।

कोहलपुरको मेयरको लागि युवा नेता पूर्णप्रसाद आचार्य र उपमेयरमा संगीता पौडेल सुवेदीलाई उम्मेदवार बनाउने निर्णय भइसकेको हुदा उक्त निर्णय गलत रहेको भन्दै बिरोधमा तालाबन्दी गरेको बन्दकर्ता बताउछन ।

नेता राजेन्द्र श्रेष्ठ भन्छन “पुराना ईतिहास बोकेका नेताहरु हुँदाहुँदै वडाध्यक्षमा हारेकालाई टिकट दिनुहुँदैन भन्ने हो। उहाँहरुलाई अन्य क्षेत्रमा समेत अवसर दिनुपर्छ । कोहलपुरमा मेयर नै ताकेर पूराना नेताहरु बस्नुभएको छ । उहाँहरुलाई पार्टीले टिकट दिनुपर्छ ।’’

मेयर र उपमेयर तोकेको निर्णय फिर्ता नलिए ताला नखुल्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख