
११ बैशाख,
बाँके । नेकपा एमालेले बाँकेको आठ वटै पालिकाको उम्मेद्वार टुंगो लगाएको छ ।
यही बैशाख ३० गते हुनगइरहेको स्थानिय तहको चुनावका लागि पार्टीले उम्मेद्वार टुंग्याइएकोे हो ।
जिल्लामा सर्वसम्मत चयन हुन नसकेको तीन वटा पालिकामा केन्द्रले उम्मेद्वारको टुंगो लगाएको एमालेले जनाएको छ ।
कोहलपुरको मेयरमा खिलप्रसाद भुसाल र उपमेयरमा अस्मिता थारु उम्मेद्वार हुने भएका छन् । बैजनाथ गाउँपालिकामा घननाथ खनाल अध्यक्ष र प्रेमपूर्ण योगीले उपाध्यक्षमा उम्मेद्वारी दिनेछन् ।
यस्तै राप्तीसोनारी गाउँपालिकामा अध्यक्षमा रामदास थारु र उपाध्यक्षमा चमेली वाकवलको उम्मेद्वारी तय भएको हो ।
यसअघि एमाले बाँकेले अन्य पाँच स्थानीय तहमा सर्वसम्मत उम्मेद्वार टुंगो लगाइसकेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाल, नरैनापुर गाउँपालिकाको अध्यक्षमा पद्मावती यादव र उपाध्यक्षमा रामकुमार दिक्षित, डुडुवा गाउँपालिका अध्यक्षमा सरोजकुमारी यादव र उपाध्यक्षमा शकिल खानको उम्मेद्वारी तय भइसकेको थियो ।
यसैगरी जानकी गाउँपालिका अध्यक्षमा हिमान्सु यादव र उपाध्यक्षमा भुमिसरा धिताल तथा खजुरा गाउँपालिका अध्यक्षमा सुमन मल्ल र उपाध्यक्षमा नजिरा बेगमको नाम टुंग्याइएको थियो ।





