
९ बैशाख,
बाँके । जसपाकी रमारानी वैश्य राप्रपा नेपालमा प्रवेश गरेकी छन ।
वैश्य यसअघि जसपाबाट नेपालगन्ज उपमेयरका अकांक्षी थिइन ।
तर पाँच दलिय सत्तारुढ गठबन्धनले नेपालगन्ज उपहानगरपालिकामा जसपालाई उपमेयर दिने निर्णय गरेपछि मेयरमा उम्मेदवारी दिने भनिएको जसपाका कमरुद्दिन राईले उपमेयरमा उमेदवारी दिने घोषणा गरेपश्चात जसपाबाट उपमेयरका अकांक्षी बैश्य राप्रपा नेपालमा प्रवेश गरेकी बताइएको छ ।
बिहिबार मात्रै माओबादी केन्द« नेपालगन्ज उपमहानगरपालिका नगर कमिटिका सहचिव तथा नेपालगन्ज मेयरका आकांक्षी नन्दलाल बैश्य राप्रपामा प्रवेश गरेका थिए ।
चुनाव नजिकिएसंगै बाँकेमा पार्टी परिवर्तन तथा पार्टी प्रवेश गर्ने लार्को चालिरहेको छ ।





