९ बैशाख,

बाँके । राष्ट्रीय प्रजातान्त्र पार्टी कोहलपुर नगरपालिका वडा नम्बर १२ वडा अध्यक्ष को उम्मेद्बारको रुपमा बिकास भुसाल लाई अघि बढाएको पार्टीका नगर अध्यक्ष अर्जुन जंग शाह ले बताए ।

भुषाल कोहलपुर वडा नम्बर १२ को स्थानीय निकायको वडा अध्यक्षको उम्मेद्बार सर्ब सहमतीले चयन भएका हुन । भुषाल भन्छन “मैले चुनाब जितेपछि मेरो वडा सुन्दर नगरि कोहलपुरको सुन्दर वडा निर्माण गर्ने र भ्रष्टाचार अनियमितता मुक्त वडाको रुपमा देशकै नमुना वडा बनाउने मेरो प्रतिबद्धता छ । सङसगै एकल महिला लाई भत्ताको ब्यवस्था भए जस्तै एकल पुरुष लाई भत्ता तथा रोजगारको ब्यवस्था गर्ने छु ।”

उक्त वडामा अध्यक्षमा बिकास भुसाल सगै सदस्य चक्र बहादुर के.सी,टंक प्रसाद शर्मा,दलित महिला सदस्य –धनसरा कामी,महिला सदस्य – लक्ष्मी शाही लाई सर्ब सहमतिले टुंगो लगाएको राप्रपा कोहलपुर नगर कमिटीले बाँके अपडेट लाई बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख