
८ बैशाख,
बाँके । नेकपा माओवादीबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्न लागेका छन् ।
बिहीबार नै वैश्यले पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।
बैश्य नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका सहसचिव थिए । साथै उनी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन।





