
६ वैशाख,
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले जथाभावी मदिरा सेवनले विकृति र आपराधिक घटना बढेको भन्दै मदिरा कार्डको व्यवस्था लागू गर्ने बताएको छ ।
मंगलबार स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै समाजवादीले मदिरा बिक्रीवितरणमा कडाइ गर्नुपर्ने उल्लेख गरेको हो ।
जथाभावी मदिरा सेवनले मानिसहरूको सम्पत्तिसकिने, झैझगडा हुने भएकाले मदिरा सेवन गर्नेले पालिकाबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिने उल्लेख गरेको छ । ‘जथाभावी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमाझैंझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्नु आवश्यक छ । मदिरासेवन गर्नेहरूले पालिकाबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिने छ । यसबाट जथाभावी रूपमा मदिरासेवनमा नियन्त्रण हुने छ भने सामाजिक अनुशासन कायम गर्न पनि मद्दत पुग्ने छ,’ समाजवादीको घोषणापत्रमा भनिएको छ ।
यस्तो छ एकीकृत समाजवादीको घोषणापत्र हेर्नुहोस् !
लिंकमा क्लिक गरी हेर्नुहोस्
link: Ghosana Patra 14 X 21.5 cm





