५ वैशाख,

बाँके । नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसको पूर्व सन्ध्यामा दिप प्रज्वलन गरिएको छ ।

नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस कमिटीले सोमबार एक कार्यक्रम आयोजना गरी संघको ५३ औं दिवसको अवसरमा कोहलपुरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो ।

नेवि संघका युवा नेता युवराज विष्टले संचालन गरेको कार्यक्रममा नेवि संघका बाँके जिल्ला सदस्य देवनारायण काफ्लेले संघको ५३ औं स्थापना दिवसको शुभकामना मन्तव्य राख्नुभएको भएको थियो ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता भन्ने मूल मन्त्र लाई आत्मसात गर्दै आगामी दिनहरुमा धेरै भन्दा धेरै बिद्यार्थीहरुलाई जोड्ने विश्वासत रहेको उनले बताए ।

यस्तै बागेश्वरी क्याम्पस इकाई सभापति राम पाण्डेले देशको विकास वा देश परिवर्तनको को क्रममा नेवि संघले पुर्याएको योगदानको बारेमा बताउँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

कार्यक्रममा बागेश्वरी क्यामपस सभापति राम पाण्डे, बाँके जिल्ला सदस्य देव नारायण काफ्ले, नेवि संघका नेता मनोज वाली, युवराज विष्ट, टीका शाही ठकुरी, कक्षा कमिटी अध्यक्ष निशा शर्मा लगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख