
५ बैशाख,
बाँके । नेकपा एमाले बाँकेको पाँच वटा पालिकामा उम्मेदवार टुंगो लगाएको छ।
एमाले बाँके जिल्ला कमितिका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लागिसकेको छ ।
यो संगै अब एमालेले तीन वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी छ । कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी रहेको हो ।
एमालेले नेपालगञ्जमा पशुपतिदयाल मिश्र, खजुरामा सुमन मल्ल, नरैनापुरमा पदमावती यादव, डुडुवामा सरोजकुमारी यादव र जानकीमा हिमांशु यादवलाई उम्मेदवार छानेको छ । यी सबै मेयर पदका उम्मेदवार हुन ।
बाँकी रहेको पालिकामा धेरै जनाले इच्छा देखाएकाले नाम टुंग्याउन कठिनाइ भएको हुदा मिलेर आउन आग्रह गरिएको छ । ६ गतेसम्म मिलेर नआए प्रदेश कमिटीमा सबैको नाम पठाउने तयारी भएको बताइएको छ ।





