४ वैशाख,

बाँके । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा उमेद्वार को बन्ने भन्ने होडबाजि चलिरहेको छ ।

सोही सम्दर्भमा कोहलपुर नगरपालिकाको मेयर पदको उमेद्वारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आकांक्षि र बलियो उमेद्वारको रुपमा पार्टीका नगर अध्यक्ष एबम युवा नेता अर्जुन जङ शाहले उमेद्वारी दिने स्रोतले बताएको छ ।

अर्जुन जङ शाह राप्रपाको एक उदाएमान युवाको रुपमा पार्टी पंक्तिले हेरेको पाइन्छ । उनी कोहलपुर उधोग बाणिज्य सङको सदस्य पदमा एक्लै निर्वाचनमा होमिदा केही समान्य मत अन्ततले पराजर ब्यहोर्नु परेको थियो । पार्टी बाट नभइ स्वतन्त्र भएका कारण हार बेहोर्नु परेको जानकारहरु बताउछन ।

उनी कोहलपुरका सफल युवा ब्यवसायी समेत हुन । युवाहरुको भरोशाको रुपामा रहेका अर्जुन शाह मेयरमा लड्ने भएपछि कोहलपुरका युवहरु स्वस्फुर्त रुपमा शाह सङ भेटी पार्टी प्रबेश गर्ने गरेको राप्रपा कोहलपुरले बतायो ।

अर्जुन शाह ले जित्ने आधारहरु :-

१) युवा नेता भएकाले ।

२) भिजन सहितको शैक्षिक रुपमा अब्बल ।

३) युवाहरुको मनमा बस्न सफल भएकाले ।

४) ब्यक्तिगत स्वार्थ त्यागि समाज सेवामा लगेकाले ।

५) कोरोना कहरमा अफ्नो ज्यानको प्रवाह नगरी नगरिकको रक्षामा अहोरात्र खटिएकाले ।

६) राप्रापा पार्टी को वडा देखि केन्द्र सङको समन्ध राम्रो रहेकाले आदि ।

माथि उल्लेखित कुराहरुका कारण उनी मेयर पदका बलियो उम्मेद्बारको रुपमा देखिएका छन ।

यस बिषयमा शाह सङ बाँके अपडेटले बुझ्दा उनी भन्छन “पार्टीले जिम्मेवारि दियो भने मैदानमा लड्न तयार छु । कोहलपुरमा धेरै तह र तप्काको साथिहरु बाट चुनाबमा जान हौसला र प्रेरणा समेत मिलेको हुदा पार्टीले पत्यायो भने म चुनाब लड्छु । मैले जिते भने भ्रष्टचार मुक्त कोहलपुर र पश्चिम नेपालकै नमुना नगरको रुपमा बिकाश गर्न सक्छु साथ साथै अन्य थुप्रै कुराहरु घँषणा पत्रमा उल्लेख गरे अनुरुप कार्य गर्ने प्रतिबधाता समेत गर्छु।”

प्रतिक्रिया

सम्बन्धित ख