बाँके,

ईलाका प्रहरि कार्यालय कोहलपुर द्वारा आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै ईलाका प्रहरी कार्यालयका नव नियुक्त प्रमुख डिएसपि ऐन बहादुर मल्लले आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध रहेको बताएका छन ।

पत्रकार सम्मेलनमा बोल्दै डिएसपि मल्ल भन्छन “कोहलपुरमा बड्दो क्रममा रहेको लागूऔषधका घटना लाई निराकरण गर्न प्रहरी अहोरात्र खट्ने,सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक प्रहरी परिचालन गर्ने र स्थानीय निकाय सङ सहकार्य गर्ने र आसन्न निर्वाचन लाई शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न ईलाका प्रहरी कार्यालय कोहलपुरले कुनै पनि कसुर बाकी नराख्ने” प्रतिबद्धता गरेका छन ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक होम प्रकाश चौधरी,पत्रकार महासघ बाकेका जिल्ला अध्यक्ष दामोदर भण्डारी र अन्य विभिन्न मिडियाका पत्रकारहरुको व्यापक उपस्थिति रहेको थियो ।

उनी यस अघि जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रमुखको रुपमा केही महिना नेतृत्व सम्हालेका प्रहरी अधिकारी हुन ।

प्रतिक्रिया

सम्बन्धित ख