
काङ्ग्रेसका युवा नेता तेजनारायण कडेल राप्रपा मा प्रबेश गरेका छन । जसका कारण नेपाली काङ्ग्रेस पार्टी बाँके लाई झट्का लागेको छ ।
बिगतमा नेता कडेल राप्रपा कै केन्द्रिय सदस्य थिए तर पार्टी को टुट फुट पछि उनी पार्टी परित्याग गरि काङ्ग्रेस तर्फ लागे । राप्रपाका नेता सुनिल थापा सङै नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य मनोनीत गर्ने भनेता पनि उनी मनोनित नगरे पछि उनिले पार्टी परित्याग गरेका हुन ।
काङ्ग्रेसको आन्तरिक कलह र पार्टी भित्रको निराशता को कारण उनी काङ्ग्रेस पार्टी छोडेको स्रोतले बताएको छ। उनी कट्टर धार्मिक ब्यक्तिको रुपमा उदायमान युवा नेताको रुपमा नेपालगन्जमा आफ्नो छवि बनाउन सफल छन भने उनी एक सफल युवा ब्यवसायी पनि हुन ।
आर्थिक,सामाजिक र राजनीतिक रुपमा उनी बलियो उम्मेद्दवार पनि हुन । गत निर्वाचनमा राप्रपा (राष्ट्रबादी) कै तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका थिए । तर पार्टीको टुटफुटका कारण मत बिभाजन भएकाले उनि पराजित हुन परेको थियो ।
अहिले राप्रपामा प्रबेश गरेका नेता कडेल लाई भोलि चैत्र २६ गते दिउँस १:३० बजे नेपालगन्ज बिमानस्थलमा भब्य स्वागत गर्ने कार्यक्रम रहेको नेता कडेल निकट स्रोतले बताएको छ ।





