
२० चैत,
बाँके । एमाले केन्दि«य अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री संग दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन ।
एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका हुन ।
शनिबार दूतावासमा आयोजित कार्यक्रममा चुच्चे नक्सा प्रयोग नभएकोप्रति ओलीले आपत्ति जनाउँदै त्यसैको विषय लिएर ओलीले प्रश्न गरेका थिए ।
यो संगै देउवा सरकारको १०० दिन पुरा भएको अवसरमा प्रकाशित पुस्तकमा पनि ‘चुच्चे नक्सा नभई बुच्चे नक्सा राखेको र अहिले दूतावासमा पनि बुच्चे नक्सा नै राखेको आरोप समेत ओलीले लगाएका छन ।





