१७ चैत,

बाँके । नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा ४ हजार जनाका लागि रोजगारीको अवसर खुलाएको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले सेनामा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासीरजनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै गरी जम्म ४ हजार कोटा छ ।

त्यस्तै, ४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्त र मृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन ।

योग्यता पुगेका उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर २३ वैशाखसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ ।

साथै भर्ना छनौट परिक्षा तथा वियरिंग सम्बन्धी हेरिने बुदाँहरुको विस्तृत विवरण नेपाली सेनाको अधिकारीक वेव साइट www.nepalarmy.mil.np मा गई join the army भित्र  recruitment & selection बाट हेर्न सकिने छ ।

विस्तृत जानकारीका लागि तल रहेको Nepal army vacancy मा क्लिक गर्नुहोस् ।

Nepal army vacancy

प्रतिक्रिया

सम्बन्धित ख