
१५ चैत,
बाँके । नेपाली बजारमा आज (मंगलबार) सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १३ सय रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ भएको छ ।
आज चाँदीको मुल्यमा पनि गिरावट आएको छ । चाँदी आज १० रुपैयाँले घट्दै १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





