१४ चैत,

बाँके । साताको सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

आज सेयर बजारको परिसूचक २९.९८ अंकले घटेर २,५४२.२८ पुगेको हो ।

यसक्रममा जम्मा २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँ ९४ पैसाको कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहहरूको सूचक नकारात्मक देखिएको छ

सोमबार राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढेको छ। त्यस्तै, नेष्डोको सेयर ६.१० प्रतिशतले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कम्पनीको २२ करोड २४ लाख ७० हजार ३६७ रुपैयाँ ३० पैसाको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख