
८ चैत,
बाँके । नेकपा मओवादी केन्द«का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका घाइतेहरुलाई राहत उपलब्ध गराउन प्रधानमन्त्री शेरबहादुर देउवासंग माग गरेका छन ।
मंगलबार बिहान वीर अस्पतालमा उपचाररत जनयुद्धका घाइतेलाई भेटेलगत्तै प्रचण्डले बालुवाटार पुगेर सशस्त्र द्वन्द्वका घाइतेहरुलाई राहत उपलब्ध गराउन प्रधानमन्त्रीसंग माग गरेका हुन ।
यस्ता छन प्रधानमनत्रीसंग प्रचण्डका मागहरु
१.सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,
२. सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने,
३.सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधा सहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,
४.जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा शहीद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने,
५.सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने ।





