
✍️बिजय काफ्ले
कोहलपुर नगरपालिका का मेयर लुट बहादुर रावतको ५ बर्षिय कार्यकाल निकै बेकार र असफल भएको कोहलपुरका युवाहरुले बताएका छन ।
कोहलपुर नगरपालिकाको बाटो बाटोमा फोहोरको थुप्रो महिनौ देखि थुप्रीदा स्थानीय स्वायत्त साशान गर्ने अधिकार प्राप्त निकाय नै मौन देखिँदा मेयर लुटबहादुर असफल मानिएका हुन ।
कोहलपुर नगरपालिका विभिन्न समयमा अनेक प्रपोकाण्ड गर्दै चर्चाको रुपमा समेत आइरहन्छ भने यस नगरपालिकाको अख्तियरमा मुद्दा बाँके जिल्ला कै सबै भन्दा बढी रहेको अख्तियार को एक तत्थ्यले देखाएको छ ।तर पनि अख्तियर समेत मौन देखिँदा स्थानीय निकाय कोहलपुर नगरपालिका भ्रष्टाचार,अनियमितता को अखडाको रुपमा देखिएको हो ।
केही समय अघि फोहोर ब्यवस्थापन को जिम्मा पाएको कम्पनी र नगरपालिकाको कर्मचारी बिच कमिसनको सेटिङको समाचार प्रकाशन भए पश्च्यात फोहर ब्यवस्थापनको काम प्रभावित भएको पाइएको छ । फोहर ब्यवस्थापनको जिम्मा पाएको ठेक्का कम्पनी र नगरपालिका उदाशिन भएको पाइएको हो ।
तर स्वतन्त्र बिबेकशिल युवाहरुको समुह बनाइ फोहर ब्यवस्थापन गरिरहेकाले नगरपालिका निरीह भएको र असफल भएको एथेष्ट प्रमाणको रुपपा देख्न सकिन्छ ।





