
२९ फागुन,
बाँके । बाँकेको जानकी गाउँपालिकाले सेवा करारमा कर्मचारी माग गरेको छ ।
पालकिाले एक विज्ञप्ती जारी गर्दै पाँचौ तह सर्भेक्षक इन्जिनियरिङ्ग पदका लागि सेवा करारमा कर्मचारी दरखास्त आहवन गरेको हो ।
पलिका र राष्ट्रिय भुमि आयोग विच भएको कार्य सहमति अनुसार विगतमा संकलन भएका भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लागत विवरण अनुसार सम्बन्धित स्थलमा गई नापजाँच सर्भे गर्न बमोजिम कर्मचारी माग गरिएको पालिकाले जनाएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट प्रकाशन भएको मिति देखी चैत्र ८ गते सम्म जानकी गाउँपालिका खजुराखुर्द, बाँके कार्यालयमा दरखास्त आहवन गर्न सकिने जनाइएको छ ।
विस्तृत जानकारीका लागि तल उल्लेखित विज्ञप्तीमा हेर्नुहोस्







