
१२ माघ,
बाँके । बाँकेमा आज बुधबार सक्रिय कोरोना संक्रमितको संख्या ८७८ पुगेको छ । आज थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीन वटा प्रयोगशालामा १९४ जनाको नमुना परीक्षण गर्दा १२६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
उनका अनुसार,संक्रमण पुष्टि भएका मध्ये बाँकेका ८६ जना छन । भेरी अस्पतालमा मात्रै ३२ जनाको उपचार भइरहेको फोकलपर्सन वलीले बताए ।





