
बाँकेको कोहलपुरमा रहेको बागेश्वरी क्याम्पसको एकाइ कमिटिले पूर्णता पाएको छ । सोमबार भएको अनेरास्ववियुको ११ औं अधिबेशनबाट रेशम ढकालको २१ सदस्यीय कमिटि गठन भएको छ ।
जसमा उपाध्यक्षमा दिपेश पन्थी, सचिवमा टोपेन्द्र के.सी., सह-सचिबमा स्मृति शर्मा, अमृता जैशी र जमुना बुढा, र कोषाध्यक्षमा निशा खड्का चयन भएको अनेरास्ववियुका केन्द्रीय सदस्य सुमन घिमिरेले बाँँके अपडेटलाई बताए । अनेरास्ववियु जिल्ला अप सभापति बिकल भट्टराईले नवगठित समितिलाई बधाई समेत दिएका छन ।








