
२७ मंसिर,
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि जारी निर्वाचनमा अहिलेसम्म ३८० मत खसेको छ ।
निर्वाचन समितिका अनुसार दिउँसो १ः३० बजेसम्म राष्ट्रियसभा गृहमा २०० र भृकुटीमण्डपका दुई स्थानमा १८० मत खसेको हो ।
राष्ट्रियसभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।
एकजना मतदाताले २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । ४ हजार ७ सय बढी महाधिवेशन प्रतिनिधि छन ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका प्रत्यासीहरू शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला,
नेता डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन ।






