कोहलपुर टुडे अनलाइन पत्रिका सञ्चालनमा आएको छ । कोहलपुर मिडिया हाउस प्रालि द्वारा सञ्चालित अनलाइनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ ले उद्घाटन गरेका हुन् ।

“देशमा मौलाएका विकृति र विसंगतीको निराकण गर्दै सम्भ्य समाजको निर्माणको लागि मिडियाको आवश्यकता रहेको” उनको भनाई थियो ।

यस्तै कोहलपुर मिडिया हाउस प्रा.लि.का अध्यक्ष तथा कोहलपुर टुडेका प्रकाशक डिल्ली शाहीले बाँके जिल्लाका आठवटै स्थानीय स्तरका विभिन्न गतिविधिलाई बढि प्राथामिकता दिने बताए ।

यस अनलाइन पैसामुखी नभई स्थानीय लेखकहरुलाई प्रोत्साहन सहित राष्ट्रिय लेखकहरुलाई सम्मान समेत गरिने बताए । यस अनलाइनले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, सामाजिक विकास, लगायतका कुराहरुमा बढि प्राथामिकता दिने कोहलपुर मिडिया हाउस प्रा.लि.का अध्यक्ष तथा कोहलपुर टुडेका प्रकाशक शाही बताए ।

प्रतिक्रिया

सम्बन्धित ख