
२१ मंसिर,
काठमाडौं । पुजारीले पूजा गरिरहेको अवस्थामा स्वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी भएको छ ।
मंगबार बिहान हलचोकस्थित रहेको मन्दिरमा पुजारीले पूजा गर्दै गरेको अवस्थामा केही अपरिचित व्यक्ति मन्दिरभित्र प्रवेश गरी जबरजस्ती मूर्ति लिएर फरार भएका हुन ।
प्रहरीका अनुसार नागार्जुन नगरपालिका वडा नं.३ मा रहेको मन्दिरबाट मूर्ति चोरी भएको हो । मूर्ति करिब ३ सय वर्ष पुरानो रहेको बताइएको छ ।
मूर्ति चोर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी वृत्त स्वयम्भुले जनाएको छ ।






