
✍️बिजय काफ्ले
‘धवल’ नाम राष्ट्रिय राजनीतिकमा एक ब्रान्ड नाम भएको छ।
एक सकारात्मक सोच , उच्च नैतिकवान,मिहिनेती र जनप्रीय नेताको रुपमा छवि बनाएका धवल शम्सेर राणा अहिले राष्ट्रिय राजनीतिको चर्चाको शिखरमा छन । धवल आफैमा राजनीति परिपक्व र जनप्रीय जनप्रतिनिधि समेत हुन ।
उनि पार्टीको माहोल शुन्यमा हुदा समेत पार्टी र जनता भन्दै आफ्नो राजनितीमा निरन्तर लागि रहे । नेपालगन्ज जस्तो पुरानो र ठूलो सहर एबम उप-महानगरपालिकामा देश भरी पार्टी शुन्यमा हुदा उनले जित हासिल गरे । यसरी विभिन्न चुनावमा अग्र स्थानमा रहने सधै जनताको साथ सहयोगमा अग्रसर रहने धवल अहिले राप्रपाको केन्द्रिय महाधिवेशनले गर्दा निकै चर्चा एबम राष्ट्रिय राजनीतिमा एक दख्ल नेताको रुपमा देखिएका छन । उनी पार्टी भित्र कै अहिलेको बलियो र जनप्रीय नेता हुन ।
राप्रपा पार्टी कमजोर हुदै जादा उनी चिन्तित हुँदै पार्टी अध्यक्ष लड्ने घोषणा करिब ४ बर्ष अघि नै अप्रत्यक्ष रुपमा आफ्ना नेता कार्यकर्ता लाई बताइएको बुझिन्छ । तर आफू भन्दा सिनियर नेता र सक्षम नेता कोहि आउँछ भने छोड्न तयार छु भन्दै आएका नेता राणाले आफ्नै राजनीतिक सहपाठी राप्रपा पार्टि बाट संघीय सरकारमा निर्वाचित एक मात्र बलियो उम्मेद्बार राजेन्द्र लिङ्देल अघि बड्छु र अध्यक्ष पदमा उम्मेदवारि दिन्छु भन्दा धवल शम्सेरले हासी खुशी आसन्न महाधिवेशनमा उनलाई सघाउने सहमती गरेका छन भने उनी आफू महामन्त्रीमा उम्मेद्बारी दिने घोषणा गरेका छन । राप्रपा का हालका निकै बलिको खम्बा लिङ्देल र राणा एक ठाउमा उभिदा कमल थापा निकै आक्रोशित देखिन्छन ।तर कमल थापालाई अध्यक्ष पद छाड्न निकै दबाब रहेको स्रोत बताउछन । उनको दरबार सङ समेत समन्ध बिग्रीएको हुदा धवल र लिङदेल दरवारको अहिलेको बिश्वासको पात्रको रुपमा रहेको हुदा कमल थापा दोधारमा देखिएको स्रोत बताउछ ।
राप्रपा पार्टी अहिले अग्नि परिक्षा जस्तो अवस्थामा छन । बैचारिक रुपमा बलियो रहेता पनि गतिलो नेतृत्व नपाउदा एजेन्डा नै तुहुन लाग्ने अवस्था देखिन्छ । तर राप्रपाले बोकेको ‘हिन्दु राष्ट्र र संबैधानिक राजसस्था’ पुन: स्थापनाको लागि युवा नेतृत्वको खाचो रहेको भन्दै डा. धवल सम्सेर राणा र राजेन्द्र लिङ्देलको पक्षमा बलियो कार्यकर्ताको जनलहर देखिएको छ । पार्टीको कार्यकर्ता व्यापक खुशी रहेको पाइएको छ ।
यसरी जनता , पार्टी प्रति इमानदार र युवा नेता लाई जिताउन पर्छ भन्दै लागि परेको देखिन्छ्न । धवल समर्थक एक नेताका अनुसार कमल थापा बाट केही पाएका र पाउने आश लिएकाहरु मात्र कमल थापाको पक्षमा रहेका छन भने पार्टी प्रती चिन्ता र एजेन्डा प्रती माया भएका सबै धवल र लिङ्देलको पक्षमा रहेको बताउछन ।
यसरी धवल अहिले चर्चा एबम एक राजनीतिक उच्च ब्राण्डको रुपमा परिचित छन।






