
१० मंसिर,
बाँके । नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा युवा नेता पोषण केसी निर्वाचित हुनु भएको छ ।
केसीले सो क्षेत्रका पुर्व सभापति माधवराम खत्रीलाई ४७ मतले पराजित गरेका हुन ।
खसेको ६०१ मतमा संस्थापन इतर पक्षका केसीले ३१६ र माधवराम खत्रीले २६९ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ ।
क्षेत्रीय कार्यसमिति भित्र रहेको ६०५ मत मध्य ६०१ मत खसेको थियो ।






