७ चैत्र,

बाँके । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानबिरुद्धको अमेरिकी सैन्य आक्रमणलाई ‘कम गर्ने’ विचार गरिरहेको बताएका छन्। 

संयुक्त राज्य अमेरिका आफ्ना उद्देश्यहरू पूरा गर्न ‘धेरै नजिक’ पुगेको बताउँदै ट्रम्पले इरानको मिसाइल क्षमतालाई कम गर्ने, यसको रक्षा औद्योगिक आधार नष्ट गर्ने, यसको नौसेना र वायुसेनालाई हटाउने, यसलाई आणविक क्षमताको नजिक पुग्नबाट रोक्ने र यस क्षेत्रका अमेरिकी सहयोगीहरूको रक्षा गर्ने मामिलामा धेरै नजिक पुगेको दाबी गरेका छन्। 

ट्रम्पले आफूले इरानसँग युद्धविराम नचाहेको बताउँदै नाटो सहयोगीहरूलाई सुरक्षामा मद्दत गर्न हिचकिचाहट देखाएकोमा ‘कायर’को संज्ञा दिँदै कडा आलोचनासमेत गरेका छन्। – एजेन्सी

प्रतिक्रिया

सम्बन्धित ख