२ पुस,

बाँके : धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम,संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ। 

उनलाई काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ।

उनलाई आजै पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

उनी पाँचथरमा २०८१ भदौ १४ गते भएको विस्फोट पदार्थसम्बन्धी कसुरका आरोपी हुन्। 

विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई आज पक्राउ गरिएको हो।

यसअघि उनी २०६९ सालमा टाइम बम विष्फोट गराई बबरमहलमा तीन जनाको ज्यान गएको घटनाका दोषी हुन्।

उनी उक्त घटनामा दोषी ठहर भई २०७६ सालमा प्रजातन्त्र दिवसका अवसरमा छुटेका थिए।

प्रतिक्रिया

सम्बन्धित ख