
४ मंसिर,
अमेरिका । अमेरिकाको नर्थ क्यारोलिना राज्यको स्टेट्सभिल क्षेत्रमा भएको विमान दुर्घटनामा पूर्व नास्कार चालक ग्रेग बिफलसहित सात जनाको ज्यान गएको छ।
स्थानीय समयअनुसार राति करिब पौने ११ बजे सेस्ना ५५० व्यवसायिक जेट दुर्घटनाग्रस्त हुँदा भीषण आगलागी भएको अलजजिराले जनाएको छ। दुर्घटनामा चालक बिफलसँगै उनका परिवारका सदस्यहरू समेत रहेका थिए।
विमान फ्लोरिडातर्फ उडेको केही समयमै खराब मौसमका कारण पुनः फर्किन खोज्दा दुर्घटना भएको प्रारम्भिक जानकारी अधिकारीहरूले दिएका छन्।
दुर्घटनापछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। रनवेमा रहेका भग्नावशेष हटाएपछि मात्रै विमानस्थल पुनः सञ्चालनमा आउने अधिकारीहरूको भनाइ छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।











