८ कार्तिक,

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट अबैध रुपमा भारतबाट ल्याइएको ६० (साठी) किलोग्राम बराबरको बोईलर कुखुराको मासु प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त मासु सवारीसाधन मार्फत ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । मासु ढुवानीमा संलग्न व्यक्ति र प्रयोग गरिएको सवारीसाधन समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको मासु तथा नियन्त्रणमा लिइएका व्यक्ति र सवारीसाधनलाई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख